नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार एक सूचना जारी गर्दै निगमले एलपी ग्यास तोकिएको मूल्यभन्दा बढीमा बेचे कारबाही चेतावनी दिएको हो ।
ग्यास उद्योगदेखि ५० किलो मिटरको परिधिभित्र एलपी ग्यासको खुद्रा मूल्य १८ सय ९५ तोकिएको निगमद्वारा जारी सूचनामा उल्लेख छ । व्यापारीले तोकेभन्दा बढी मूल्य लिएको सूचना बाहिरिएको भन्दै बढी मूल्य नलिन निर्देशन दिएको हो ।
यद्यपी उद्योगदेखि ५० किलो मिटरको भन्दा बढी दूरी भएका स्थानहरूमा स्थानिय ढुवानी भाडा समायोजन गरी बिक्रेताले खुद्रा मूल्य तय गर्न भने पाउने छन्।
यस्तै निगमले तोकिएको मूल्यभन्दा बढी नतिर्न मूल्य नतिर्न र यदि बढी लिएको पाइए निगममा जानकारी गराउन आग्रह गरेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया