सोमबार अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ३३ पैसा


सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४६ रुपैयाँ १६ पैसा र बिक्री दर १४६ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५९ पैसा र बिक्री दर १६९ रुपैयाँ ३५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सोमबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ २६ पैसा र बिक्री दर ९० रुपैयाँ ६६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्री दर १० रुपैयाँ २७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।