भारतले प्रतिबन्ध लगाएसँगै चीनबाट एक महिनामा साढे ६२ लाखको प्याज आयात


भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाए पछि व्यापारीहरुले चीनबाट आयात गर्न सुरु गरेका छन् । भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले उत्पादनमा कमी आएको बताउँदै मंसिर २१ गतेदेखि प्याज आयातमा प्रतिवन्ध लगाएको थियो । भारतले सन् २०२४ को मार्च ३१ (चैत १८ गते) सम्मका लागि प्याज निर्यातमा रोक लगाएको हो।

नेपालमा प्याज आयातको मुख्य बजार भारतले निर्यातमा रोक लगाएसँगै नेपालले चीनबाट प्याज आयात गर्न सुरु गरेको हो । भन्सार विभागका अनुसार नेपालले एक महिना (मंसिर)मा १ अर्ब २ करोड २५ हजार रुपैयाँ बराबरको सुकेको प्याज आयात गरेको छ । नेपालले भारत र चीनबाट उक्त प्याज आयात गरेको हो ।

सो मध्ये नेपालले चीनबाट मात्रै ६२ लाख ७१ हजार रुपैयाँ बराबरको प्याज आयात गरेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालले चीनबाट प्याज आयात गर्न थालेको हो । नेपालले सोही अवधिमा भारतबाट भने ३९ लाख ५४ हजार रुपैयाँ बराबरको मात्र प्याज आयात गरेको छ । उक्त प्याज भारतले प्रतिबन्ध गर्नु पूर्व नै ल्याइएको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ३ करोड २५ लाख ७ हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ८९२ किलो प्याज आयात भएको छ ।

पाँच महिनामा कुन तरकारीको आयात कति ?

चालु आर्थिक वर्षको पाँच महिनामा ३७ करोड ९२ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ८६ हजार ७३ किलो टमाटर (गोलभेँडा) आयात भएको छ । जसवापत ५ करोड ३८ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै पाँच महिनाको अवधिमा भारतबाट ४ अर्ब ९ करोड ४० लाख ३२ हजार रुपैयाँ बराबरको १६ करोड २० लाख ९८५ केजी आलु आयात भएको छ । जसवापत १ अर्ब १ करोड ३६ लाख ८८ हजार राजस्व संकलन भएको विभायले जनाएको छ ।

यस्तै ७८ हजार रुपैयाँको २ हजार ८ सय ५५ किलो ब्रो काउली आयात भएको छ । उक्त तरकारी ल्याए बापत ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विभागका अनुसार पाँच महिनाको अवधिमा ५ करोड ६० लाख ४१ हजार रुपैयाँ बराबरको १ लाख ९३ हजार २ सय ९९ केजी च्याउ आयात भएको छ । च्याउ भारत र चीनबाट आयात हुने गरेको छ । उक्त परिमाणको च्याउबाट २ करोड ९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै २७ करोड ३ लाख ६४ हजार रुपैयाँ बराबरको २९ लाख ३७ हजार २ सय ५९ किलो कागती आयात भएको छ । जस वापत सरकारले ३ करोड ८० लाख ३५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार  ०९ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।