पूर्वाञ्चल ल्युव आयल लिमिटेडले साधारण सभा आह्पान गरेको छ । कम्पनीले पौष २९ गते, आईतबार रजिष्टर्ड कार्यालय, सुन्दरहरैंचा ०९, मोरङ्ग, विराटचौकमा सभा बोलाएको हो ।
सभा बिहान ११ बजे सुरु हुने छ । सभाले प्राथमिक शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।
लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०७९\८० को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने छ ।
यस्तै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनको लागि बोनश शेयर वापत नगद लाभांशको प्रदान गर्ने छ । यस्तै सभाले कम्पनीका हाल कायम शेयरधनीहरुलाई बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया