मंगलबार सुनको भाउ ६०० रुपैयाँले बढ्यो, एक महिनामा २०१ किलो सुन आयात


मंगलबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख २० हजार ५०० रुपैयाँ तोकिएको छ ।
सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १९ हजार ९०० रुपैयाँ कायम गरिएको छ । सोमबार तेजावी सुनको भाउ १ लाख १९ हजार ३५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ६४ दशमलव ३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ ।

मंसिरमा २०१ किलो सुन आयात

मंसिर महिनामा २०१ किलो सुन आयात भएको छ । एक महिनामा १ अर्ब ७६ करोड २९ लाख रुपैयाँ बराबरको २०१ किलो सुन आयात भएको हो ।

चालु आर्थिक वर्ष ( २०८०\८१)को पहिलो ५ महिनामा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ । कात्तिकसम्म नेपालमा एक हजार किलो सुन आयात भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० पुस २०८०, मंगलबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।