हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदको लागि न्यूनतम मूल्य प्रति कित्ता न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको छ । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आज पुस ११ गतेदेखि १९ गतेसम्म एनआईसी एसिया क्यापिटल लिमिटेड थापाथलीमा आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।