माघमा १२ अर्ब ६६ करोडको जीवन बीमा व्यवसाय, नयाँ व्यवसायको हिस्सा १८ प्रतिशत

0
Shares

जीवन बीमा कम्पनीहरुले माघ महीनामा १२ अर्ब ६६ करोड २ लाख २९ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा १८.१२ प्रतिशत बराबर रहेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार माघ महीनामा संकलन भएको कुल बीमशुल्कमा नयाँ व्यवसाय वापत अर्थात २ अर्ब २९ करोड ३८ लाख ४७ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको छ । माघमा यसअघि नै बिक्री भैसकेको बीमालेखबाट १० अर्ब ३६ करोड ६३ लाख ८२ हजार रुपैयाँ (८१.८८%) संकलन भएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७९ माघमा जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ७३ करोड ९३ लाख ७१ हजार रुपैयाँ संकलन गरेका थिए । जसमध्ये प्रथम बीमाशुलक वापत २ अर्ब २७ करोड ९२ लाख ४६ हजार रुपैयाँ र नवीकरण बीमाशुल्क वापत ९ अर्ब ४६ करोड १ लाख २५ हजार रुपैयाँ थियो । विसं २०७९ माघको तुलनामा समग्रमा ७.८४ प्रतिशतले बढ्दा प्रथम बीमाशुल्क ०.६४% र नवीकरण बीमाशुल्क ९.५८% ले वृद्धि भएको हो ।

पुस महीनामा जीवन बीमक कम्पनीहरुले १२ अर्ब ४७ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । पुसको तुलनामा माघमा संकलित बीमाशुल्क रकम १.५० प्रतिशतले बढी हो ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ संकलन गरेको छ । माघमा कम्पनीले ५२ करोड ७६ लाख ५६ हजार प्रथम बीमाशुल्क संकलन गर्दा २ अर्ब ६५ करोड ६५ लाख ८६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको हो ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले माघ महीनामा १४ करोड ८३ लाख ६२ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १ अर्ब ६७ करोड १४ लाख ९४ हजार रुपैयाँ गरी कुल १ अर्ब ८१ करोड ९८ लाख ५६ हजार रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले (एलआइसी नेपाल) ले कुल १ अर्ब ५२ करोड ५ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले १५ करोड १३ लाख ३९ हजार प्रथम बीमाशुल्क र १ अर्ब ३६ करोड ९२ लाख ४४ हजार रुपैयाँ संकलन गरेको हो ।

नेशनल लाइफ इन्स्योरेन्स बीमाशुल्क संकलनका आधारमा माघमा चौथो स्थानमा छ । कम्पनीले ३६ करोड ५७ लाख ८८ हजार प्रथम बीमाशुल्क र १ अर्ब ११ करोड ९१ लाख ६ हजार रुपैयाँ गरी कुल १ अर्ब ४८ करोड ४८ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  माघमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १८ करोड ६९ लाख ३८ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ५६ करोड १७ लाख ४६ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ७४ करोड ८६ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ ।

Life Insurance Company Premium collection in 2080 Magh (in lakhs)
Name  First premium
Renewable Premium Total
Nepal Life Insurance Co. Ltd 5,276.56 26,565.86 31842.42
Himalayan Life Insurance Ltd 1,483.62 16,714.94 18198.56
Life Insurance Corporation Nepal 1,513.39 13,692.44 15205.83
National Life Insurance Co. Ltd 3,657.88 11,191.06 14848.94
SuryaJyoti Life Insurance Co. Ltd  1,869.38 5,617.46 7486.84
Asian Life Insurance Co. Ltd 1,067.34 6,004.25 7071.59
Citizens Life Insurance Co. Ltd 1,590.10 3,696.14 5286.24
Sanima Reliance Life Insurance Ltd 1,452.10 3,821.68 5273.78
Met Life 1,171.21 3,389.81 4561.02
IME Life Insurance Co. Ltd 949.45 2,984.06 3933.51
Reliable Nepal Life Insurance Co. Ltd 1,017.35 2,756.39 3773.74
Prabhu Mahalaxmi Life Insurance Ltd 522.82 2,946.71 3469.53
Sun Nepal Life Insurance Co. Ltd 1,031.91 2,380.44 3412.35
Rastriya Jeewan Beema Company 335.38 1,902.58 2237.96
Total 22938.49 103663.82 126602.31

 

सिटिजन लाइफले १५ करोड ९० लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३६ करोड ९६ लाख १४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ५२ करोड ८६ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ ।  साथै सानिमा रिलायन्स लाइफले १४ करोड ५२ लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३८ करोड २१ लाख ६८ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ५२ करोड ७३ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।
मेट लाइफले ११ करोड ७१ लाख २१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ३३ करोड ८९ लाख ८१ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ४५ करोड ६१ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ ।

एशियन लाइफले १० करोड ६७ लाख ३४ हजार रुपैयाँ प्रथम बीमा शुल्क र ६० करोड ४ लाख २५ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ७० करोड ७१ लाख ५८ हजार रुपैयाँ संकलन गरेको छ ।  सन नेपाल लाइफले माघमा १० करोड ३१ लाख ९१ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २३ करोड ८० लाख ४४ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३४ करोड १२ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले १० करोड १७ लाख ३५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २७ करोड ५६ लाख २९ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३७ करोड ७३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले ९ करोड ४९ लाख ४५ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २९ करोड ८४ लाख ६ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३९ करोड ३३ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।  प्रभु महालक्ष्मीले ५ करोड २२ लाख ८२ हजार रुपैयाँ प्रथम बीमा शुल्क र २९ करोड ४६ लाख ७१ हजार रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ३४ करोड ६९ लाख ५२ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

माघमा संकलित बीमाशुल्क मध्ये राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा कम संकलन गरेको छ । यस कम्पनीले माघमा ३ करोड ३५ लाख ३८ हजार रुपैयाँ प्रथम बीमाशुल्क र १९ करोड २ लाख ५८ हजार रुपैयाँ नवीकरण बीमाशुल्क गरी कुल २२ करोड ३७ लाख ९६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको हाे ।

माघमा संकलित प्रथम बीमाशुल्कका आधारमा यस्तो छ क्रमगत विवरणः

माघ जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । जुन यसअनुसार रहेको छ ।

  • नेपाल लाइफः ५२ करोड ७६ लाख ५६ हजार रुपैयाँ
  • नेशनल लाइफ इन्स्योरेन्सः ३६ करोड ५७ लाख ८८ हजार रुपैयाँ
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सः १८ करोड ६९ लाख ३८ हजार रुपैयाँ
  • सिटिजन लाइफः १५ करोड ९० लाख १० हजार रुपैयाँ
  • लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालः १५ करोड १३ लाख ३९ हजार रुपैयाँ
  • हिमालयन लाइफ इन्स्योरेन्सः १४ करोड ८३ लाख ६२ हजार रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १४ करोड ५२ लाख १० हजार रुपैयाँ
  • मेट लाइफः ११ करोड ७१ लाख २१ हजार रुपैयाँ
  • एशियन लाइफः १० करोड ६७ लाख ३४ हजार रुपैयाँ
  • सन नेपाल लाइफः १० करोड ३१ लाख ९१ हजार रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १० करोड १७ लाख ३५ हजार रुपैयाँ
  • आइएमई लाइफ इन्स्योरेन्सः ९ करोड ४९ लाख ४५ हजार रुपैयाँ
  • प्रभु महालक्ष्मी लाइफः ५ करोड २२ लाख ८२ हजार रुपैयाँ
  • राष्ट्रिय जीवन बीमा कम्पनीः ३ करोड ३५ लाख ३८ हजार रुपैयाँ

आठ कम्पनीको प्रथम बीमाशुल्क घट्यो, ३ ओटाको बढ्यो

गत वर्षको माघको तुलनामा यस वर्ष माघमा ६ कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको छ भने ८ ओटाले वृद्धि गरेका छन् । २०७९ माघको तुलनामा २०८० माघमा प्रभु महालक्ष्मी लाइफको प्रथम बीमा शुल्क ४२.१४ प्रतिशत, सन नेपाल लाइफको २१.५० प्रतिशत, राष्ट्रिय जीवन बीमाको १९.४८ प्रतिशत, एलआइसी नेपालको १९.०८ प्रतिशत, आइएमई लाइफको १२.२८ प्रतिशत र हिमालयन लाइफको ८.३० प्रतिशतले प्रथम बीमा शुल्क घटेको हो ।

समीक्षा अवधिमा ९ ओटा जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क बढेको छ । २०७९ माघको तुलनामा २०८० माघमा नेपाल लाइफको प्रथम बीमा शुल्क १८.८४ प्रतिशत, मेट लाइफको १८.६५ प्रतिशत, सूर्यज्योति लाइफको ११.३५ प्रतिशत, सिटिजन लाइफको ८.३६ प्रतिशत, एशियन लाइफको ६.५२ प्रतिशत, सानिमा रिलायन्सको ३.०९ प्रतिशत, नेशनल लाइफको १.९९ प्रतिशत र रिलायबल नेपालको ०.०६ प्रतिशतले प्रथम बीमा शुल्क संकलन वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।