वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

0
Shares

सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको बताएको छ । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए। उनले मूल्यवृद्धिदर पनि घटेको बताए। उनले कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिए।

उनले भने, ‘‘वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए। उनले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।