सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । आइतबारको तुलनामा अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ । आइतबार युरो १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४७ रुपैयाँ ६१ पैसा तोकिएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै सोमबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४८ पैसा र बिक्री दर ९० रुपैयाँ ८९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९१ पैसा र बिक्री दर २९ रुपैयाँ ०४ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४२ पैसा र बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३० पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया