अग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला छापावाला सूनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।
अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ६६ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया