म्याग्नस फर्माको नयाँ प्लान्ट तोकेको समयमा सञ्चालन नहुदाँ कर्जाको भार बढ्दै

0
Shares

औषधी उत्पादक कम्पनी म्याग्नस फार्मा प्रालिले निर्माण गर्दै गरेको म्यानुफ्याक्चरिङ प्लान्ट तोकिएको समयमा सन्चालनमा आउन सकेको छैन । सन् २०२३ को सेप्टेम्बर महिनादेखि सञ्चालनमा आउने भनिएको उक्त प्लान्ट सन् २०२५ मा सञ्चालनमा आउने भएको छ । जसकारण कम्पनीको कर्जा भार समेत बढ्दै गएको हो ।

कुल ६० करोड रुपैयाँ लगानीमा कम्पनीले प्लान्ट निर्माण गरिरहेको छ । लगानीको ६० प्रतिशत कर्जामा आधारित रहेको ट भने ४० प्रतिशत मात्रै लगानीकर्ताहरुको लगानी रहेको छ । प्रारम्भिक आकलन अनुसार प्लान्ट सञ्चालनमा नआउँदा कम्पनीको कर्जा बढिरहेको छ । यस्तै आर्थिक वर्ष २०२३ मा कम्पनीको कुल सञ्चालन अवधि घटेको छ भने इन्भेन्टोरी होल्डिङ बढेको छ । जसकारण कम्पनीको आर्थिक गतिविधिमा समेत असर देखिएको छ ।

कम्पनीलाई थप पुँजी आवश्यक परेकाले ९० करोड ८९ लाख बराबरको कर्जाका लागि कम्पनीले साख मूल्याकंन गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५० करोड ८९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ४० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गर्दै कम्पनीलाई ‘क्रेडिट वाच वीथ नेगेटिभ इम्प्लिकेशन’ को सूचीमा राखेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनीले विभिन्न सेग्मेन्टमा क्रोनिक तथा इक्युट मेडिसीनहरु उत्पादन गर्दै आएको छ । कम्पनीले २९ समूहका कुल १९० औषधीहरु उत्पादन गरिरहेको छ । देशभर कम्पनीका २०० बढी वितरण च्यान्लहरु रहेका छन् । करिब दुई दशक फार्मा क्षेत्रमै काम गरिरहेका सुदीर प्रकाश मास्के कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले १ अर्ब ११ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । यसअघि कम्पनीले १ अर्ब ११ करोड ७० लाख बराबरको कारोबार गरेको थियो । कम्पनीले उपलब्ध गराएको वित्तिय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सकने क्षमता कुल कर्जाको ५.०५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।