अमेरिकी डलरको मूल्य वृद्धि, युरोको भाउमा गिरावट


बुधबार अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरो १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा तोकिएको छ । मंगलबार युरो १४६ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा तोकिएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५४ पैसा र बिक्री दर १६९ रुपैयाँ ३० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४४ पैसा र बिक्री दर ९० रुपैयाँ ८५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९० पैसा र बिक्री दर २९ रुपैयाँ ०३ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।