बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५० पैसा र बिक्री दर ८९ रुपैयाँ ९१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १८ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया