वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ । दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
उनले भने, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया