नेको इन्स्योरेन्स डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?


नेको इन्स्योरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ १२ गते २८ औ साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ ।

गत वर्षको मुनाफाबाट कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । अघिल्लो वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार  ०९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।