शुक्रबार सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य


साताको अन्तिम कारोबार दिन शुक्रबार सुन-चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ५४ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।