आइतबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरो १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आइतबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६४ पैसा र बिक्री दर ८९ रुपैयाँ ०४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा र बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४० पैसा र बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया