सोमबार सुनको मूल्य ७०० रुपैयाँले घट्यो


नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको छ । आइतबार चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ३६ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।