प्युठान टिकुरीदेखि नयाँदिल्लीसम्म बस सेवा सुरु


प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म सोमबारदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको सोमबार यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गरे। त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

मन्त्री थापाले भने,“नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उहाँले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार  ०६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।