मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरो १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८९ रुपैयाँ २१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा र बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ११ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया