किस्ताबन्दीमा बक्यौता बुझाउने उद्योगीले ३० दिनभित्र आवेदन दिनुपर्ने


नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिने भए ३० दिनभित्र आवेदन दिन निर्देशन दिएको छ ।

  प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी आवेदन दिन भनेको हो ।

प्राधिकरणको सञ्चालक समितिको यही पुस १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।प्राधिकरणले बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने विशेष व्यवस्था गरेको छ ।

  ?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।