नेपाली बजारमा छापावाला सुनको मूल्य दुई दिनमा ९०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार प्रतितोला चाँदी १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ३२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया