नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ तोकिएको छापावाला सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँका कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ३० दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९६ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया