पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय, साढे १६ लाख जरिवाना


विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय बुधबार उक्त सजाय निर्धारण गरेको हो ।

क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई १६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा १६ लाख ६९ हजार रुपैयाँ जरिवाना गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार  ०७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।