माघे संक्रान्ति नजिकिएसँगै तरुलको मूल्य चार दिनमा प्रतिकिलो ११ रुपैयाँ बढ्यो


कालिमाटी फलफूल तथा तरकारी बजारमा तरुलको मूल्य वृद्धि भएको छ । तरुल सिजनको मौसमी तरकारी भएपनि माघे संक्रान्तिको लागि माग बढी भएको कारण यसको मूल्यमा वृद्धि भएको हो ।

पुस २२ गते ५५ रुपैयाँमा किनबेच भएको तरुल आज पुस २६ गतेसम्म आइपुग्दा अर्थात् ४ दिनमा नै प्रतिकिलो ११ रुपैयाँले बढेको छ । यो मूल्य अझै बढ्दै जाने व्यापारीहरु बताउँछन् ।

यस्तै बिहीबार नेपाली ठूलो गोलभेँडाको न्यूनतम बिक्री मूल्य प्रतिकिलो ४० रुपैयाँ छ भने भारतीय गोलभेँडाको बिक्री मूल्य न्यूनतम ५० र अधिकतम ६० रुपैयाँ प्रतिकिलो छ।

आज स्थानीय सानो गोलभेँडाको बिक्री मूल्य न्यूनतम १० रुपैयाँ प्रतिकिलो र अधिकतम १५ रुपैयाँ छ भने  टनेलको सानो गोलभेँडाको बिक्री मूल्य न्यूनतम १५ र अधिकतम २० रुपैयाँ प्रतिकिलो छ।

यसैयरी बिहीबार लोकल बन्दाको न्यूनतम बिक्री मूल्य २५ रुपैयाँ प्रतिकिलो र अधिकतम ३० रुपैयाँ छ भने तराई बन्दाको न्यूनतम बिक्री मूल्य २० रुपैयाँ प्रतिकिलो र अधिकतम २५ रुपैयाँ रहेको छ । आज रातो बन्दाको न्यूनतम बिक्री मूल्य भने १०० रुपैयाँ प्रतिकिलो र अधिकतम १२० रुपैयाँ छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार  ०९ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।