सुनको मूल्य चार दिनमा १२ सयले घट्यो


नेपाली बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले घटेको थियो । यस्तै बुधबार १ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको छ । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा बुधबार प्रतिऔंस सुन २ हजार ३१ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।