भिजिट भिसालाई व्यवस्थित बनाइने


भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ ।

बिहीबर गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार  ०६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।