शुक्रबार अमेरिकी डलर बाहेक धेरैजसो मुद्राको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ । बिहीबार युरो १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा तोकिएको थियो ।
शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसामा कारोबार भइरहेको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसामा कारोबार भएको थियो ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कतारी रियाल हिजोको तुलनामा आज स्थिर रहेको छ ।
यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८९ रुपैयाँ २६ पैसा रहेको थियो ।
यस्तै शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १२ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया