खाद्य व्यवस्थाले माग्यो नवौँदेखि चौथो तहसम्मको लागि आवेदन (सूचनासहित)


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका लागि खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । उम्मेदवारहरुले कम्पनीको अनलाइन दरखास्त प्रणाली www.fmtc.org.np मार्फत आवेदन दिनुपर्ने सक्ने छन् ।

सह विभागीय प्रबन्धक तह–ढ र सहायक विभागीय प्रबन्धक तह–८ का लागि दरखास्त दस्तुर २,००० रुपैयाँ र त्यस पछिका थप प्रत्येक किसिम\समूहका लागि ६०० रुपैयाँ थप दस्तुर बझाउनु पर्नेछ । वरिष्ठ अधिकृत तह–७ र तह–६ अधिकृतका लागि दरखास्त दस्तुर १ हजार २०० रुपैयाँ बझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक किसिम\समूहका लागि ४०० रुपैयाँ थप दस्तुर बझाउनु पर्नेछ ।

वरिष्ठ सहायक तह–६ का लागि दरखास्त दस्तुर ८०० रुपैयाँ र त्यस पछिका थप प्रत्येक किसिम\समूहका लागि ३०० रुपैयाँ थप दस्तुर बझाउनु पर्नेछ । यस्तै सहायक तह–४ का लागि दरखास्त दस्तुर ७०० रुपैयाँ र त्यस पछिका थप प्रत्येक किसिम÷समूहका लागि ३०० रुपैयाँ थप दस्तुर बझाउनु पर्नेछ ।

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार  ०७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।