बागमती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल


बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताएका छन् ।

मन्थलीमा बिहीबार रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताएका हुन् ।

उनले आगामी दिनमा ५० लाख रुपैयाँ भन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि बताए । बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने बताए ।

त्यस अवसरमा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशका अधिकांश जिल्लामा उद्योग व्यापारसहित पर्यटन समेतको प्रवर्द्धनका लागि मन्त्रालय लागेको बताए । एघार दिनसम्म चल्ने महोत्सवमा एक सय ५० प्रदर्शनी कक्ष छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ पुस २०८०, शुक्रबार  ०८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।