अमेरिकी डलरको विनिमयदर घट्ने आँकलनका कारण सुनको मुल्यमा गिरावट


यो साता विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । अमेरिकी डलरको विनिमय दरमा घट्न आउन सक्ने आँकलनका कारण सुनको मुल्यमा कमी आएको हो । नेपाली बजारमा पनि साता सुनको मुल्य प्रतितोला ९०० रुपैयाँ घटेको छ ।

साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख १९ हजार ५०० रुपैयाँ रहेको सुनको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार घटेर १ लाख १ हजार १८ सय ६०० कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति तोला ९०० रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार ४२० रुपैयाँ रहेको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ४०० सय कायम भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ पुस २०८०, शनिबार  १० : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।