बिगमार्टबाट सामान खरिद गर्दा कार जित्ने मौका


बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ । बिगमाटले आफ्नो मार्टमा किनमेल गर्ने ग्राहकहरुलाई माघ एक गतेबाट आगामी फाल्गुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरूको व्यवस्था गरेको छ ।

जसमा बम्पर पुरस्कार एक जना भाग्यशाली ग्राहकलाई एउटा टाटा टीएगो कार, एक जना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रेजेड स्कुटर , भाग्यशाली पाँच जना ग्राहकलाई ५ वटा स्मार्ट फोनहरू, १० भाग्यशाली ग्राहकहरूका लागि जनही पाँच हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

प्रत्येक ७५० रुपैयाँ वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिनेछ । यस्तै ग्राहकहरुले ग्लोवल आईएमई बैंक लिमिटेडको क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत देखि सम्म, एनसीएचएल नेपाल पेको क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशतदेखि १०० रुपैयाँ र हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा स्मार्ट क्यूआर मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतदेखि १५० रुपैयाँसम्म तत्काल छुट प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार  ०८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।