सुनको भाउ घट्यो, मंगलबार तोलाको कति पर्छ ?


मंगलबार छापावाला सुनको भाउ १०० रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला चाँदी १ हजार ४१५ रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ४९ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव १४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।