अमेरिकी डलरको भाउ घट्दा युरोको मूल्यमा वृद्धि


बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । बिहीबार युरो १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ रहेको थियो ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्री दर १६९ रुपैयाँ १८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १३ पैसा र बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार  ०६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।