सुनको भाउमा वृद्धि, शुक्रबार कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । बिहीबार ७०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार ५०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २१ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।