साताको पहिलो कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । शुक्रबार ५०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ४०० रुपैयाँले बढेको हो ।
मध्य पुर्व क्षेत्रमा चर्किएको द्धन्दसँगै लगानीकर्ताहरुले सुनलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा लिँदै यसतर्फ आकर्षण बढाए पछि सुनको मुल्य वृद्धिमा चाप परेको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार प्रतितोला चाँदी १ हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदी शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २९ दशमलव ६३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया