सुनको मूल्य दुई दिनदेखि स्थिर, मंगलबारको भाउ कति ?


नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार २७ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।