स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै लघुवित्तले सोही अनुसार सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । आगामी साधारण सभामा पेश गर्नका लागि गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको हाे ।
विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई निरास बनाएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ बाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै आव आर्थिक वर्ष २०७७–७८ बाट कुल ३४ प्रतिशत, आर्थिक वर्ष २०७६–७७ बाट २१.०५३ प्रतिशत र आर्थिक वर्ष २०७५–७६ बाट २५.२७ प्रतिशत लाभांश दिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया