बिहीबार सुनको भाउ घट्दा चाँदी प्रतितोला २० रुपैयाँले बढ्यो


तीन दिन स्थिर रहेको सुनको भाउ बिहीबार भने ४०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख १८ हजार ४०० रुपैयाँ रहेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ तोकिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य बिहीबार २० रुपैयाँले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार १५ दशमलव २१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।