आइतबार काठमाण्डौं उपत्यकाको तापक्रम कति ?


आइतबार काठमाण्डौं उपत्यकामा यो वर्षाकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज बिहान ८ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।

यसअघि शनिबार काठमाण्डौंको न्यूनमत तापक्रम ८ः४५ बजेको समयमा दुई दशमलव पाँच डिग्री मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज अन्य क्षेत्रमा भन्दा अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको छ। तत्काल वर्षको सम्भावना नरहेकोले केही दिन यस्तै चिसो रहने महाशाखाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।