जे.के विल्डर्स सहित २० कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने


सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो ।

कार्यालयले चार वटा कम्पनीलाई तीन वर्ष, एउटा कम्पनीलाई साढे दुई वर्ष, चार वटा कम्पनीलाई दुई वर्ष, पाँच वटा कम्पनीलाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

निर्माण कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कार्यालयले लोहनी एण्ड ब्रदर्श प्रा.लि, जे.के विल्डर्स, सर्मिला निर्माण सेवा, ओम गौरीशंकर इन्फास्ट्रक्चरलाई ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको छ । 

यस्तै कार्यालयले देवी रमन कन्ट्रक्सनलाई २ जर्ष ६ महिनासम्मको लागि कालो सूचीमा राखेको छ भने खड्ग देवी कन्ट्रक्सन, गजुरमुखी निर्माण कम्पनी, नव निर्माण बिल्डर्स, एस.बि.एम. इन्जिनियरिङ्ग एसोसियट्सलाई २ वर्षसम्मको लागि कालोसूचीका राखेको छ ।

यस्तै शिवालय बिल्डर्स, न्यू नेहा इन्टरप्राइजेज लगायत अन्य कम्निीलाई १ वर्षदेखि १ वर्ष ६ महिनाको अवधिसम्म कालोसूचीमा राख्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  ०७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।