सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ बढ्यो, चाँदीमा पनि वृद्धि


सुनको भाउ सोमबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । दुई दिन स्थिर रहेको सुनको भाउ सोमबार ३०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २६ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।