हुलास स्टील ईण्डष्ट्रिजले हकप्रद सेयर जारी गर्ने


हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० कित्ता बराबर २२.१८ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।

उक्त हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन ९ गते साधारण सभा बोलाएको छ । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिले ४२ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, गोल्छा हाउसमा बिहान १२:३० बजेबाट सुरु हुने छ । सभादे हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै विदेशी लगानीकर्तालाई भुक्तानी गर्न बाँकी गतवर्षको लाभांश रकम मध्ये ८ करोड ५६ लाख ३०० रुपैयाँलाई हकप्रद सेयरको भुक्तानी ( पुर्नलगानी स्वरुप) वापत समायोजन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको ३१ असार २०८० को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायत वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्ने छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुकक्लोज गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।