एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन


एनआईएमबि एस क्यापिटल लिमिटेडको इकाईमा आवेदन दिने आज अन्तिम दिन हो । क्यापिटलले माघ २ गतेदेखि नयाँ म्युचुअल फण्ड एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेको थियो ।

उक्त इकाईमा आज कार्यालय समयावधिसम्म आवेदन दिन सकिने छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो ।

निष्काशन गरिएको इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ ।

बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन सक्ने छन् । उक्त इकाईमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाइने छ। यो एक बन्दमुखी योजना हो। जसको अवधि १२ वर्षको हुने छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार  ०८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।