सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले २३ जना कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको करार सेवाका लागि दरखास्त आह्वान गरेको हो ।
रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजीको लागि १ जना, मेडिकल अधिकृत (आठौं) तहको लागि २ जना स्टाफ नर्स (पाँचौं) तहको लागि १७ जना असिष्टेन्ट फर्मासिष्ट पाँचौं) तहको लागि २ जना र इ.टी, प्राविधिक (पाँचौं) तहको लागि १ जना कर्मचारी नियुक्त गर्ने भएको हो ।
इच्छुक योग्य उम्मेदवारले आज माघ १६ गतेदेखि २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया