डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको मूल्य बढ्यो, अब एक लिटर पेट्रोललाई १७० रुपैयाँ पर्ने


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल–मट्टितेलमा दुई रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ, डिजेल, मट्टितेलको मूल्य १५८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ माघ २०८०, बिहिबार  ०५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।