डलरको भाउ लगातार तीन दिन घट्यो, यस्तो छ शुक्रबारको खरिद बिक्री दर


अमेरिकी डलरको भाउ लगातार तीन दिन घटेको छ । बुधबार ४ पैसाले घटेको अमेरिकी डलरको भाउ बिहीबार पुनः १० पैसाले घटेको थियो । शुक्रबार डलरको भाउ १३ पैसाले घटेको हो ।

शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसामा कारोबार भइरहेको छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ र बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३२ पैसा र बिक्री दर ३५ रुपैयाँ ४८ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार  ०८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।