ज्योति विकास बैंक लिमिटेडमा रोजगारीको अवसर खुला भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर (जुनियरदेखि सिनियर) १ जना, केहि संख्यामा कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि दरखास्त खुला गरेको हो ।
इच्छुक तथा योग्य आवेदकले आगामी फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्नेछ । सर्ट लिस्टमा परेका आवेदकहरुलाई मात्रै अगाडिको छनोट प्रक्रियामा सामेल गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया