नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असल नियतले काम गर्ने बैंकर प्रहरी अनुसन्धानबाट डराउनु नपर्ने बताएका छन ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका हुन ।गभर्नर अधिकारीले कसैले उजुरी दिएमा कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले यसमा सहयोग गर्न आग्रह गरेका हुन्।
बैंकरहरुले गलत मनसायका साथ कर्जा प्रवाह गर्नुभएको छैन भने राष्ट्र बैंकले सहयोग गर्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन’, गभर्नर अधिकारीले भने। सीआईबीले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत परेको उनको भनाई छ ।
पछिल्लो समय बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने र यसले बैंकिङ्ग क्षेत्रमा जोखिम निम्त्याउने उनको भनाइ छ । उनले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्नेहरु बढेको भन्दै यस्ता गतिविधि रोक्नुपर्ने बताए । ऋण तिर्नुपर्दैन भन्ने जस्ता गतल अभिव्यक्तिका कारण अहिले बैंकिङ क्षेत्रमा समस्या परेको उनले बताए।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया