लोमस र फर्माको इन्डस्ट्रिजद्धारा उत्पादित औषधि न्यून गुणस्तरीय, फिर्ता गर्न आग्रह

0
Shares

लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरीय भएको भेटिएको छ ।

औषधि व्यवस्था विभागबाट बजार अनुगमनको क्रममा नमुना संकलन गरिएको लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी ब्याच नम्बर एमटि–०१२३ काे धुलाे तथा ब्याच नम्बर एचपी–०१२१ रहेको ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा न्यून गुणस्तर भएको पाइएको हो ।

यसैगरी विभागले संकलन गरेको फर्माको इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ब्याच नम्बर २२/०१ रहेको ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि समेत न्यून गुणस्तरको रहेको भेटिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भएका पाइएपछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम तीनै प्रकारका औषधिको प्रयोग र बिक्री वितरणमा रोक लगाएको जानकारी दिए । ढकालले उल्लेखित औषधि बजारमा भएको खण्डमा तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको समेत जानकारी दिएका छन् ।

उक्त बनावट (डोज फर्म) भएको औषधिहरु, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगहरु तथा तिनका प्रतिनिधिहरुका जानकारीको निर्देशन दिएको विभागको भनाई छ । साथै उक्त व्याच नम्बर उल्लेख भएका औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउन विभागले सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।